प्रधानमन्त्रीको निर्देशन- उद्धार, राहत र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउनू

नेपालभ्युज

प्रधानमन्त्रीको निर्देशन- उद्धार, राहत र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउनू
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्धार, राहत र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

आइतबार बिहान बसेको विपद् व्यवस्थापन जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

“भूकम्पपछि सबै दल, संघीय सरकार र विभिन्न निकायहरू, प्रदेश सरकार र स्थानीय सरकारहरूले लिएको पहलका निम्ति सबैमा धन्यवाद व्यक्त गर्दछु । हिजो हामीले खोज, उद्धा र उपचारको काम गर्नुपर्थ्यो, हामीले त्यो काम मूलभूतरूपमा पूरा गरेका छौँ । अब राहत र पुनर्स्थापनातर्फ केन्द्रित हुनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु बनाएर आएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved