मन्त्रिपरिषद्को निर्णय : भूकम्पका घाइतेहरूको उपचार निःशुल्क

सरकारले भूकम्पमा परी घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।

नेपालभ्युज

मन्त्रिपरिषद्को निर्णय : भूकम्पका घाइतेहरूको उपचार निःशुल्क

काठमाडौं । सरकारले भूकम्पमा परी घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।

जति महँगो उपचार गर्न परे पनि निःशुल्क हुनेछ ।

बैठकले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णय गरेको छ।

‘संघ–संस्था, राजनीतिक दल, तिनका भ्रातृ संस्था जसजसले सहयोग गरे पनि सरकारी कोषमा जम्मा गर्नुपर्ने छ। राहत संकलनको पहिलो केन्द्र सुर्खेत बनाउने निर्णय भएको छ। दोस्रो नेपालगञ्ज हुने छ।

आइतबारको मन्त्रिपरिषद्को बैठकले उद्धारको काम प्रभावकारीरूपमा भएको निष्कर्ष निकालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved