सरकारले दशैंअघि दिने भनेको ६ अर्ब नपाएपछि फेरि आन्दोलनको तयारीमा निर्माण व्यवसायी

भन्छन्- सरकारले पैसा दिएन, हामीलाई चेक बाउन्समा समात्न पाइँदैन

नेपालभ्युज

सरकारले दशैंअघि दिने भनेको ६ अर्ब नपाएपछि फेरि आन्दोलनको तयारीमा निर्माण व्यवसायी

काठमाडौं । सरकारले दशैंअघि दिने भनेको ६ अर्ब रुपैयाँ अझै भुक्तानी नभएको निर्माण व्यवसायीहरुले बताएका छन् ।

आफूहरुसँग १५–१५ दिनमा रकम भुक्तानी गर्ने सहमति भए पनि सरकारले निकासा नगरेको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले बताए ।

सरकारले बोलपत्र आह्वान गरेर व्यवसायीहरुले निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी पाउन पनि सडक आन्दोलन गर्नुपर्ने बिडम्बनापूर्ण स्थिति रहेको भन्दै उनले दुखेसो व्यक्त गरेका छन् ।

सरकारले सम्झौता कार्यान्वयन नगर्दा व्यवसायीहरु आर्थिक अभावमा रहेकाले आफूहरुलाई चेक बाउन्सको मुद्दामा नपक्रन माग गरेका छन् ।

निर्माण व्यवसायीहरुले निर्माण सामग्री किन्दा बैंक ग्यारेन्टी जफत हुन थालेको भन्दै आफूहरुलाई कारबाही नगर्न माग गरेका हुन् ।

‘सरकारले भुक्तानी नदिएको बैंकको चेक रकम नहुँदा सरकारले नै व्यवसायीहरुलाई जेल हाल्नेसम्मका काम गरेको छ’, उनले भने, ‘सरकारले भुक्तानी दिन नसके पनि बैंक ग्यारेन्टी जफत र चेक बाउन्समा व्यवसायीहरुलाई पक्राउ गर्ने काम रोक्न रोक्नुपर्छ ।’

निर्माण सम्पन्न भएका आयोजनाको रकम भुक्तानी नभए पुन आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved