बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरू (तस्वीरहरू)

यही कार्तिक १७ गतेदेखि १८ गतेसम्म सरकारले देशभर बालबालिकालाई ७५३ वटै स्थानीय सरकारमार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरू गरेको छ । 

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरू (तस्वीरहरू)

काठमाडौं । यही कार्तिक १७ गतेदेखि १८ गतेसम्म सरकारले देशभर बालबालिकालाई ७५३ वटै स्थानीय सरकारमार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरू गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउन सुरू गरेको हो ।

आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल करिब २७ लाख बालबालिकालाई तथा जुकाको औषधि, करिब २४ लाख बालबालिकालाई खुवाइने स्वास्थ्य मन्त्रालयले बताएको छ । यसका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

मन्त्रालयले भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’ सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन  थालेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved