संक्रमणकालीन न्यायमा विलम्ब हुनुमा प्रधानमन्त्री जिम्मेवार: भगवती चौधरी

नेपालभ्युज

संक्रमणकालीन न्यायमा विलम्ब हुनुमा प्रधानमन्त्री जिम्मेवार: भगवती चौधरी

काठमाडाैं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री भगवती चौधरीले ले संक्रमकालिन न्यायको विषय प्रधानमन्त्री प्रचण्डकै कारण अलमलमा परेको आरोप लगाएकी छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा सांसद चौधरीले प्रधानमन्त्री प्रचण्ड संक्रमणकालिन न्यायको पक्षमा नरहेको समेत उल्लेख गरिन्।

‘नेपालकाे शान्ति प्रकृया र संक्रमणकालीन न्यायमा विलम्ब हुनुमा प्रधानमन्त्री प्रचण्ड जिम्मेवार हुनुहुन्छ’ उनले भनिन् ‘सत्ता पक्षकै कारण संक्रमणकालीन न्याय निमार्ण र पिडितले न्याय पाउनुपर्छ भन्ने विषय राेकिएकाे छ । अदालतकाे आदेश पालना गरेर चाँडाेभन्दा चाँडाे शान्ति प्रकृया टुँग्याउनु पर्छ ।’

उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनी गुटरेसको भ्रमण परिणाममुखी भएको दावी गरेकी छन् । गुटेरेसले संसदमा संबोधन गरेका विषयवस्तु नेपाल र नेपालीको हितमा रहेको उनले बताईन् ।

उनले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र यसको असर तथा गरिबी निवारण र आर्थिक, सामाजिक रुपान्तरमा गुटरेसले विश्वको ध्यानाकर्षण गराउनु नै महत्वपुर्ण रहेको बताइन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved