‘आर्थिक समृद्धि हासिल गर्न सरकार प्रयत्नरत’

नेपालभ्युज

‘आर्थिक समृद्धि हासिल गर्न सरकार प्रयत्नरत’
फाइल फोटो

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आर्थिक समृद्धि हासिल गर्न सरकारले भरमग्दुर प्रयत्न गरिरहेको बताएका छन् ।

यातायात क्षेत्रको कनेक्टिभिटीले जनताको आर्थिक समृद्धिमा सहयोग पुर्‍याउने धारणा उनले राखेका हुन् । नेपाल जेएसपीएस एल्मुनाई एसोसिएसन (एनजेएए)ले आज ललितपुरमा आयोजना गरेको ‘नेपालमा यातायात सञ्जाल विस्तार : अवसर र चुनौती’ विषयक कार्यक्रममा मन्तव्य राख्दैं मन्त्री ज्वालाले सम्पूर्ण विकासमा सहयोग पुर्‍याउनुका साथै महत्वपूर्ण आर्थिक समृद्धि हासिल गर्नका लागि ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ अति आवश्यक रहेको बताएका हुन् ।

“ट्रान्सपोर्ट कनेक्टिभिटी’ले जनताको आर्थिक समृद्धिमा महत्वपूर्ण सहयोग पुर्‍याउँछ, आर्थिक समृद्धि हासिल गर्नका लागि ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ अति आवश्यक रहेको छ । सडक सञ्जालको पर्याप्तता, पूर्वाधारको विकासका साथै मर्मतसम्भार र कार्यकुशलतासँग यी कुरा जोडिएका छन् । वर्तमान समयमा यी कुरा महत्वपूर्ण सरोकार र चासोको विषय हो ।” मन्त्री ज्वालाले भने ।

उनले जापान सरकार र जाइका नेपालको यातायात क्षेत्रको विकासको ठूलो र महत्वपूर्ण साझेदार भएको वताउँदै विज्ञान प्रविधि र ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’मा जापानको सफलताबाट सिकेर राम्रो सेवा प्रदान गर्न क्रियाशील रहने बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा दिलीप सुब्बाले यातायात क्षेत्र आर्थिक क्षेत्रको मेरुदण्ड भएको बताउँदै ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ चुनौतीपूर्ण रहेको बताए । उनले अग्लाअग्ला पहाड, धेरै खोला भएको देशमा लागत व्यवस्थापन गरेर दीर्घकालीन रुपमा टिकाउ हुने गरी सडक पूर्वाधारको निर्माण, त्यसको व्यवस्थापन र मर्मतसम्भारका साथै आवश्यकताअनुसार पुलको निर्माण गर्नु निकै कठिन र चुनौतीपूर्ण रहेको धारणा राखेका हुन् ।

मन्त्रालयका सचिव केशव शर्माले नेपालको यातायात क्षेत्रको विकासका साथै यहाँका जनतालाई सडक सञ्जालको पहुँचमा पु¥याउन जापान सरकार र जाइकाले महत्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले रेल्वेको क्षेत्रमा जापानबाट धेरै सिक्न सकिने बताउँदै ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ मा जापान एसियाकै उत्कृष्ट रहेको धारणा राखे ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले दिगो विकास लक्ष्य २०३० अनुसार ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’, विज्ञान तथा प्रविधिका क्षेत्रमा जापानले नेपाललाई आवश्यकताअनुसार सहयोग, समन्वय र सहकार्य गर्ने बताए। यातायात र कनेक्टिभिटी विकासका लागि सधैँ महत्वपूर्ण हुने उनले बताए । राजदूत युताकाले यसका लागि जापानी सरकार, नागरिक नेपालसँग अनुभव आदानप्रदान गर्न र विज्ञान तथा प्रविधिका क्षेत्रमा नयाँनयाँ प्रविधिको हस्तान्तरण गर्न सधैँ हातेमालो गर्ने बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved