नेताहरुले देश बेच्न खोजे, काठमाडौं महानगर बिक्रीमा छैन : बालेन शाह

नेपालभ्युज

नेताहरुले देश बेच्न खोजे, काठमाडौं महानगर बिक्रीमा छैन : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरुले देश बेच्न खोजेको आरोप लगाएका छन् । मेयर शाहले बुधबार साँझ सामाजिक सञ्जालमार्फत् एक स्टाटस शेयर गर्दै नेताहरुले देश बेच्न खोजे पनि काठमाडौं महानगर बिक्रीमा नरहेको बताएका हुन् ।

१७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताउँदै मेयर शाहले आफूले कसैको अपमान नगरेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार काठमाडौंमा भएको बैठक बहिस्कार गर्दै बैठकको सभापतित्व गरेका ललितपुरका मेयर चिरिबाबु महर्जनको अपमान गरेको भन्ने समाचार सार्वजनिक भएपछि बालेनले यस्तो स्टाटस लेखेका हुन् ।

उनले लेखेका छन्, “नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नुभएको तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पूरै देश बेच्नुभयो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved