विश्वकप क्रिकेटमा अफगानिस्तानको उत्कृष्ट प्रदर्शन जारी, श्रीलंका ७ विकेटले पराजित

नेपालभ्युज

विश्वकप क्रिकेटमा अफगानिस्तानको उत्कृष्ट प्रदर्शन जारी, श्रीलंका ७ विकेटले पराजित

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानको सनसनीपूर्ण प्रदर्शन जारी छ । सोमबार राति अफगान टोलीले श्रीलंकालाई सात विकेटले हराएको छ ।

जारी विश्वकपमा अफगानिस्तानले यसअघि साविक विजेता इङ्ल्याण्ड र पाकिस्तानलाई हराएको थियो । यो जितसँगै ६ अंक जोडेको अफगानिस्तानले सेमिफाइनल पुग्ने सम्भावना पनि कायमै राखेको छ ।

श्रीलंकाले दिएको २४२ रनको लक्ष्य अफगानिस्तानले केवल तीन विकेट गुमाएर २८ बल अघि नै हासिल गरेको थियो । उसका लागि अजमतुल्लाह उमरजईले अविजित ७३ र कप्तान हशमतुल्लाह शाहिदीले अविजित ५८ रन बनाए ।

पहिले ब्याटिङ गरेको श्रीलंका ४९.३ ओभरमा २४१ रन बनाउँदै अलआउट भएको थियो । उसका पी निशांकाले सर्वाधिक ४६ रन बनाए ।

अफगानिस्तानका लागि फजहल फारूकीले चार विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved