कालिकोटमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

नेपालभ्युज

कालिकोटमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

सुर्खेत । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पलाता गाउँपालिका– २ राडुनेटाबाट थिर्पु जाँदै गरेको ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको हो ।

सोमबार बिहान भएको दुर्घटनामा परी पलाता १ बस्ने अन्दाजी ६५ वर्षका शिवचन्द न्यौपानेको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी चालक असिन न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक यज्ञराज जोशीले जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved