घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ । पछिल्लो समय निरन्तर रूपमा बढेर रेकर्ड तोड्दै गइरहेको सुनको भाउ आज(सोमबार) भने घटेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ५ सय रुपैयाँले घटेको छापावाल सुन प्रतितोला १ लाख १६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रहेको थियो । त्यसै गरी, आज तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीमा पनि ५ रुपैयाँको गिरावट आएर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved