संक्रमणकालिन न्यायको विषयलाई टुंग्याउन ढिला गर्नुहुँदैनः अध्यक्ष नेपाल

नेपालभ्युज

संक्रमणकालिन न्यायको विषयलाई टुंग्याउन ढिला गर्नुहुँदैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालिन न्यायको विषयलाई टुंग्याउन ढिला गर्नु नहुने बताएका छन्

शनिवार नेपाली कांग्रेस पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयलाई टुंग्याउन ढिला गर्नु नहुने बताएका हुन् । उनले युद्धलाई टुंग्याएर शान्ति प्रक्रिया प्रारम्भ गरेको रफ्तारमै बाँकी कामहरु हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए ।

उनले अब सो विषयलाई टुंग्याउन ढिला गर्नु नहुने उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको महासचिव नेपाल भ्रमणमा आएको बेलामा सकारात्मक सन्देश दिएर पठाउनुपर्ने बताए ।

‘वास्तवमा धेरै ढिलो भयो । जसरी हामीले एकदम छोटो समयमा युद्धलाई टुंग्याउने र शान्तिको प्रक्रियामा या राजनीतिक मुल प्रवाहमा ल्याउने काममा हामी सफल भएका थियौँ ‘ उनले भने, ‘त्यसैगरी त्यससँग जोडिएका सबै विषयवस्तुहरुलाई छिटो टुंग्याउनु पर्दथ्यो । त्यसमा ढिलाइ भएको छ । अब धेरै ढिला गर्नु हुँदैन ।’

अध्यक्ष नेपालले पुराना राजनीतिक दलहरु विभिन्न परिक्षामा जाँचिएर आएको उल्लेख गर्दै आफूहरु पुनः अग्नि परीक्षामा जाँचिन तयार रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved