एमाले महासचिव भन्छन्- कोशीमा कांग्रेसलाई सघाएका हौं, हाम्रो प्राथमिकता सरकार होइन

नेपालभ्युज

एमाले महासचिव भन्छन्- कोशीमा कांग्रेसलाई सघाएका हौं, हाम्रो प्राथमिकता सरकार होइन

तुलसीपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताएका छन् ।

प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि आफूहरुले समर्थन गरेको जानकारी दिए ।

उनले आधारभूत विश्वव्यापी मान्यताअनुरुप नै शान्तिप्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने पनि बताए ।

महासचिव पोख्रेलले घोराही–तुलसीपुर चार ‘लेन’ निर्माणको ठेक्का लगाउने कुरा चलेको जनाउँदै पुनः एक्जिम बैङ्कको लगानीमा सुरु भए अवस्था सुधार नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved