टी-२० विश्वकप एसिया छनोट खेल्ने नेपाली टोली घोषणा, सन्दीप पनि अटाए

नेपालभ्युज

टी-२० विश्वकप एसिया छनोट खेल्ने नेपाली टोली घोषणा, सन्दीप पनि अटाए

काठमाडौं। आइसीसी पुरुष टी-२० विश्वकप फाइनल एसिया क्रिकेट (छनोट) मा सहभागी हुने अन्तिम नेपाली टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार बिहान १५ सदसीय राष्ट्रिय नेपाली टोलीको घोषणा गरेको हो। क्यानले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई पनि टोलीमा समावेश गरेको छ। शुक्रबार सम्पन्न त्रिकोणात्मक टी २० सिरिजमा भने लामिछाने टोलीमा थिएनन्। उनले परिवारलाई समय दिन सिरिज खेलेका थिएनन्।

सिरिजको टोलीमा परेका श्याम ढकाल, लोकेश बम, सागार ढकाल, सूर्य तामाङ भने अन्तिम टोलीमा पर्न सकेनन्। विवेक यादव र विनोद भण्डारीलाई भने टोलीमा समावेश गरिएको छ।

कार्तिक १३ देखि २० सम्म आयोजना हुने एसिया छनोट मुलपानी क्रिकेट मैदान र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ।

छनोटमा ८ राष्ट्रको सहभागिता छ। नेपाल, मलेसिया, ओमान, र सिंगापुरसँगै समूह एमा रहेका छन् । कुवेत, यूएई, बहराइन, हङकङ र कुवेत समुह बीमा छन्। फाइनल खेल्ने २ टोलीले टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

नेपाली टोली
रोहित कुमार पौडेल कप्तान, कुशल भूर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अबिनाश बोहोरा, प्रतिश जीसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved