दक्षिण अफ्रिकासँग हारेपछि पाकिस्तान विश्वकप क्रिकेटबाट बाहिरिने संघारमा

शुक्रबार राति पाकिस्तानलाई १ विकेटले हराउँदै दक्षिण अफ्रिका १० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिकाले विश्वकपमा २४ वर्षपछि पाकिस्तानलाई हराएको हो ।  

नेपालभ्युज

दक्षिण अफ्रिकासँग हारेपछि पाकिस्तान विश्वकप क्रिकेटबाट बाहिरिने संघारमा

काठमाडौं । रोमाञ्चक खेलमा पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । पाकिस्तान भने समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ ।

शुक्रबार राति पाकिस्तानलाई १ विकेटले हराउँदै दक्षिण अफ्रिका १० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिकाले विश्वकपमा २४ वर्षपछि पाकिस्तानलाई हराएको हो ।

हारपछि पाकिस्तान ६ खेलबाट ४ अंकसहित छैठौं स्थानमा छ । उसको सेमिफाइनल पुग्ने सम्भावना न्यून भएको छ । जारी विश्वकपमा यो पाकिस्तानको लगातार चौथो हार हो ।

२७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर १६ बल अगाडी नै पुरा गरेको थियो । उसका लागि मार्करमले सर्वाधिक ९१ रनको योगदान गरे ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ तथा हरिश रौफ, उसामा मीर र मोहम्मद वसिमले २-२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पाकिस्तान ४६.४ ओभरमा २७० रनमा अलआउट भएको थियो । उसका साउद सकिलले ५२ र बाबर आजमले ५० रन बनाए ।

साउथ अफ्रिकाका लागि तब्रेज साम्सीले ४ तथा मार्को जान्सेनले ३ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved