दशैंमा पूजाको रेन्ज रोभर र श्रद्धाको लम्बेर्गिनीको चर्चा

नेपालभ्युज

दशैंमा पूजाको रेन्ज रोभर र श्रद्धाको लम्बेर्गिनीको चर्चा

काठमाडौं। नेपालमा दशैं मनाइरहँदा भारतमा दशहरा पर्व चलिरहेको छ। दशहराकै अवसर पारेर दुई अभिनेत्रीले किनेको कारको चर्चा अहिले बलिउडमा छ।

श्रद्धा कपुरले चर्चित र महँगोको कार लेम्बोर्गिनी ह्युरकन टेक्निका किनेकी छिन् दशहरका अवसर पारेर। उनले किनेको कारको मूल्य भारतीय बजारमा ४ करोडभन्दा माथिको हो।

यो कारको मुम्बईमा पहिलो महिला ग्राहक श्रद्धा बनेकी हुन्।

‘हाफ गर्लफ्रेन्ड’ अभिनेत्री श्रद्धाको सुपरको कार बलिउडमा गसिप बनिरहँदा पूजा हेगडेले पनि नयाँ कार किनेकी छिन्। उनले पनि करिब ४ करोड भारु नै पर्ने रेन्ज रोभर किनेकी हुन्।

पूजा पछिल्लो पटक सलमान खानको फिल्म किसी का भाइ किसी का जान मा लिड रोलमा थिइन्। बलिउडका यी दुवै अभिनेत्रीले दशैंकै दिन पारेर नयाँ कार भित्र्याएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved