घर जाँदा दुर्घटना भएपछि नेता धर्मेन्द्र बाँस्तोलाको दशैँ प्रहरी हिरासतमै

नेपालभ्युज

घर जाँदा दुर्घटना भएपछि नेता धर्मेन्द्र बाँस्तोलाको दशैँ प्रहरी हिरासतमै

काठमाडौं। नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी)का प्रवक्ता धर्मेन्द्र बाँस्तोला नौ दिनदेखि प्रहरी हिरासतमा छन् ।

नेता बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दाको अनुसन्धानका क्रममा उनी दाङस्थित इलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरी हिरासतमा छन् ।

कात्तिक २ गते राति पौने १० बजेतिर उनी राप्ती गाउँपालिका–५ सिङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको गाडी चलाउँदै थिए। नेता बाँस्तोलाले चलाएको स्कार्पियो गाडीले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दियो।

दशैं मनाउन सुर्खेत जानेक्रममा बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।

घटनापछि उनी प्रहरी हिरासतमै भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved