यी टेलिभिजन अभिनेत्री जसले प्रेममा धोका खाइसकेका छन्

त्यस्तै भारतीय टेलिभिजनका अभिनेत्रीहरू जसले प्रेममा धोका खाइसकेका छन् । कतिपयले अहिले नयाँ सम्बन्ध जोडिसके भने कतिपय अभिनेत्री अहिले पनि एक्लो जीवन बिताइरहेका छन् ।

नेपालभ्युज

यी टेलिभिजन अभिनेत्री जसले प्रेममा धोका खाइसकेका छन्

एजेन्सी । विशेष गरी फिल्म उद्योग एकसँग सम्बन्ध जोड्ने अर्कोसँग तोड्ने, एकअर्कालाई धोका दिने समाचार आइरहेका हुन्छन् । त्यस्तै भारतीय टेलिभिजनका अभिनेत्रीहरू जसले प्रेममा धोका खाइसकेका छन् । कतिपयले अहिले नयाँ सम्बन्ध जोडिसके भने कतिपय अभिनेत्री अहिले पनि एक्लो जीवन बिताइरहेका छन् ।

जानौँ ती अभिनेत्रीका बारेमा–

भारतीय टेलिफिल्म नागिनकी कलाकार अनिता हसनन्दानीलाई एजाज खानले डेटिङकै क्रममा धोका दिएका थिए । अहिले अनिता रोहित रेड्डीसँग खुसीसाथ वैवाहिक जीवन बिताइरहेकी छन् ।

अर्की अभिनेत्री दिव्याका त्रिपाठीले पनि शरद मल्होत्रासँग ८ वर्षको सम्बन्ध तोडेकी थिइन् । अहिले उनी विवेक दहियासँग बैवाहिक जीवन बिताइरहेकी छन् ।

अर्की अभिनेत्री जेनिफर विंगेटलाई पति करण सिंह ग्रोवरबाट धोका पाउँदा ठुलो झट्का लागेको थियो । पछि करणले अभिनेत्री विपाशा वासुसँग विवाह गरे भने जेनिफर अहिले पनि सिङ्गल नै छन् ।

त्यस्तै रुबीना दिलैकले पनि अविनाश सचदेवसँग सम्बन्ध टुङ्गाएकी थिइन् । त्यसपछि उनले अभिनव शुक्लासँग विवाह गरिन् ।

त्यस्तै चर्चित जोडी प्रियांक शर्मा र दिव्या अग्रवालको सम्बन्ध पनि बिग्रिएको थियो । अर्की युवतीका लागि प्रियांक शर्माले दिव्यालाई धोका दिएका थिए ।

चर्चित कलाकार अंकिता लोखंडेले पनि लिवइन रिलेसनमा बसिसकेका दिवङ्गत सुशान्त सिंह राजपूतबाट धोका पाएकी थिइन् । अहिले उनी विक्की जैनसँग विवाहित छन् । अहिले उनीहरू दुवै बिग बोस १७ मा सहभागी भएका छन् ।

एकता कपूरको चर्चित टेलिश्रृंखला ‘कसौटी जिन्दगी की’ अभिनेत्री श्वेता तिवारीले दुई पटक वैवाहिक जीवनमा धोका खाइसकेकी छन् । अहिले उनका दुईवटा पतिबाट दुई सन्तान छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved