एनआरएन निर्वाचन

अनलाइन भोटिङमा एक उम्मेदवारको शून्य मत आएपछि फेरि मतदानको माग

नेपालभ्युज

अनलाइन भोटिङमा एक उम्मेदवारको शून्य मत आएपछि फेरि मतदानको माग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को नेतृत्व चयन गर्न अनलाइनमार्फत भएको भोटिङमा एकजना उम्मेदवारको नेपालबाट प्राप्त मत शून्य आएपछि निर्वाचन कमिटीले सत्य तथ्य बुझ्ने प्रक्रिया सुरु गरेको छ।

अनलाइन भोटिङ गराउने जिम्मा पाएको अस्ट्रेलियाको भेरो भोटिङ कम्पनीबारे छलफल भइरहेको छ।

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदले अनलाइन भोटिङका लागि अस्ट्रेलियाको भेरो भोटिङ कम्पनीलाई जिम्मा दिएको थियो। तर भोट नदेखिएपछि विवाद भएको छ।

सत्य तथ्य बुझ्ने काम भइरहेको प्रमुख निर्वाचन अधिकृत यादवप्रसाद ढुंगानाले बताए । उनले भने, ‘‘शून्य मत आएको विषयमा भोटिङ कम्पनीलाई अनलाइनमार्फत पत्राचार गरेका छौँ। वास्तविक आएपछि त्यसबारे सार्वजनिक गर्छौं।’’

कम्पनीले इमेलबाट पठाएको विवरण प्राप्त हुनासाथ पाँच सदस्यीय निर्वाचन कमिटीले नतिजा सार्वजनिक गरेको थियो।

निर्वाचन कमिटीले सार्वजनिक गरेको मत परिणाममा बद्री केसी विजयी भएको घोषणा गरिएको थियो। उपाध्यक्षका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट प्राप्त मत भने शून्य देखिएपछि निर्वाचनको विश्वसनीयतामा प्रश्न उठेको थियो। कतिपयले फेरि मतदान गर्न माग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved