बिली जिन किङ कपमा नेपाली महिला टेनिस टोलीको सुखद सुरुआत

नेपालभ्युज

बिली जिन किङ कपमा नेपाली महिला टेनिस टोलीको सुखद सुरुआत

काठमाडौं। नेपालको महिला टेनिस टोलीले बिली जिन किङ कपमा विजयी सुरुआत गरेको छ । बुधबार टिम इभेन्टमा नेपालले ताजाकिस्तानलाई ३-० ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले बहराइनबाट जानकारी गराए ।

नेपाली खेलाडीहरुले सहज जित हासिल गर्ने क्रममा दुई सिंगल्स र एक डबल्मा सोझो सेटमा नतिजा आफ्नो पक्षमा पारे । पहिलो सिंगल्समा नेपालकी माहिका राणाले मालिका रहिमोभालाई ६–० र ६–० को सोझो सेटमा पराजित गरिन् ।

दोश्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले योसुमन सलीमोभालाई ६–० र ६–० कै सोझो सेटमा हराइन् । डबल्समा नेपालका सुनिरा थापा र रायना शाहको जोडीले फजिला मोरुदोभा र मालिकाको जोडीलाई सीधा सेटमा ६–० र ६–० ले नै पाखा लगाए ।

यो स्पर्धामा सहभागी विभिन्न १४ राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘सी’ मा नेपाल, ताजाकिस्तानसँगै बहराइन र कतार छन् । हरेक समूहको शीर्ष एक टोली सेमिफाइनलमा प्रवेश गर्ने छ । नेपालले बिहीबार आयोजक राष्ट्र बहराइन विरुद्ध खेल्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved