आजदेखि काठमाडौंका तीन सडकखण्ड वान वे, विकल्पमा कुन सडक प्रयोग गर्ने ?

नेपालभ्युज

आजदेखि काठमाडौंका तीन सडकखण्ड वान वे, विकल्पमा कुन सडक प्रयोग गर्ने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि तीनवटा सडक खण्ड वान वे बनाएको छ ।

महानगरपालिकाकाले कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजानेर) पुग्ने सडक वान वे बनाएको छ ।

यसैगरी त्रिपुरेश्वरतर्फबाट काठमाडौं–ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै गुसिङ्गाल निस्किने सडक पनि वान वे बनाइएको छ ।

अब जमल र दरबारमार्गबाट रत्नपार्कतर्फ आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडिएर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौं प्लाजाबाट वायाँ मोडिएर महेन्द्र शालिकतर्फ जान पाइने छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved