हाम्रो साथ हुन्जेल प्रचण्ड सरकारलाई कसैले ढाल्न सक्दैन : माधव नेपाल

नेपालभ्युज

हाम्रो साथ हुन्जेल प्रचण्ड सरकारलाई कसैले ढाल्न सक्दैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धनको सरकारलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् । आफूहरुको साथ हुन्जेल अहिलेको सरकारलाई कसैले तलमाथि गर्न नसक्ने उनको भनाइ छ ।

नेकपा एमालेले कोशी प्रदेशमा नयाँ खालको समस्या उत्पन्न गराएर गठबन्धन तोडाउन खोजेको उनको आरोप छ । ‘कोशी प्रदेशमा नयाँ समस्या खडा भयो । त्यसले यो सरकारमाथि आशंका उठेको हुनसक्छ । यो सरकारलाई कसैले ढाल्न सक्दैन’, उनले भने, ‘कसैले जतिसुकै फुर्ती देखाए पनि यो फुर्ती चल्नेवाला छैन । किनभने हामी छौं ।’

एकीकृत समाजवादीको सुर्खेतमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै उनले एमालेलाई धेरै चुरीफुरी नगर्न चुनौती पनि दिए । ‘चुरीफुरी धेरै नगर्नुस् तपाईंहरुको खुट्टी हामीले देखिसकेका छौं । के गर्न सक्नुहुन्छ, के गर्न सक्नुहुन्न हामीलाई थाहा छ’, उनले भने ।

उनले देशलाई सही दिशामा अघि बढाउन गठबन्धन अपरिहार्य भएको तर्क गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved