सरकारको जनप्रेमी काम देखेर एमालेले गठबन्धन भत्काउन खोजेको थियो, तर सकेन : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको जनप्रीय काम देखेर प्रतिपक्षी दल नेकपा एमालेले सत्तागठबन्धन भत्काउन खोजेको तर नसकेको बताएका छन् ।

नेपालभ्युज

सरकारको जनप्रेमी काम देखेर एमालेले गठबन्धन भत्काउन खोजेको थियो, तर सकेन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको जनप्रीय काम देखेर प्रतिपक्षी दल नेकपा एमालेले सत्तागठबन्धन भत्काउन खोजेको तर नसकेको बताएका छन् ।

पछिल्लो समय कोशीमा एमालेले गठबन्धन भत्काउन व्यापक प्रयास गरे पनि नसकेको उनको भनाइ थियो । उनले अब सत्तागठबन्धन पाँचै वर्ष टिक्ने दाबी पनि गरे ।

चितवनको भरतपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सुशासनको अभियानबाट पछि नहट्ने पनि बताए ।

‘यो गठबन्धन यसरी नै सुशासन र सामाजिक न्यायको पक्षमा लागिरहेपछि आत्तिएका छन् । अहिले कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य देखियो, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एकथरी मान्छे विछिप्त भएर यहाँ खेलर विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअनुसार अघि बढेका थिए’, उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग सहमति गरेपछि त्यो षड्यन्त्र निस्तेज पारिएको छ । अब यो गठबन्धन पूरै कार्यकाल चल्छ ।’

कोशीमा केदार कार्की नेतृत्वको सरकारमा एमाले पनि सहभागी हुने निश्चित भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved