शरीरमा अक्सीजनको मात्रा कम हुँदा देखिन्छन् यी समस्या

नेपालभ्युज

शरीरमा अक्सीजनको मात्रा कम हुँदा देखिन्छन् यी समस्या

एजेन्सी । अक्सिजन जीवनको पर्याय जस्तै हो । शरीरमा अक्सीजनको मात्रा कम हुँदा हृदयघात तथा ब्रेन ड्यामेज जस्तो गम्भीर तथा ज्यानै लिने समस्या पनि हुन सक्छ ।

मधुमेहका रोगीमा यदि अक्सीजनको मात्रा कम भयो भने सुगर लेभल एकदमै बढ्न सक्छ । आउनुहोस् जानौं शरीरमा अक्सीजनको कमी हुँदा कस्ता खालका समस्या देखिन थाल्छन् भन्ने बारे ।

१. शरीरमा अक्सीजनको कमी हुँदा स्वासप्रस्वासको समस्या हुन सक्छ । जस्तै दमको बिरामी, स्वासनलीमा विभिन्न प्रकारका संक्रमण तथा ब्रोन्काइटिस जस्ता समस्या देखिन्छन् ।

२. त्यस्तै अक्सीजनको कमीले हृदयघातको समस्या, हार्ट स्ट्रोक तथा मुटुको चालमा कमी आउने जस्ता समस्या हुन्छन् ।

३. शरीरमा अक्सीजनको कमी हुँदा मिर्गौलामा पनि समस्या देखिन सक्छ । जसमा मिर्गौला सुन्निने, फेल नै हुने वा शरीरमा रगतको कमी हुन सक्छ ।

४. त्यस्तै निरन्तर हुने अक्सीजनको कमीले शरीरमा हेमोग्लोबिनको कमी हुन थाल्छ । जसले गर्दा माइग्रेन र टाउको दुख्ने समस्या हुन्छ ।

५. अक्सीजनको कमीले शरीर, नङ र आँखाको रंगमा पनि परिवर्तन देखिन थाल्छ । शरीरको रंग पनि निलो हुन थाल्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved