एकीकृत समाजवादीका नेता पाण्डे भन्छन्– रिगललाई माफी दिएर सरकारले धेरैको मन रुवायो

नेपालभ्युज

एकीकृत समाजवादीका नेता पाण्डे भन्छन्– रिगललाई माफी दिएर सरकारले धेरैको मन रुवायो

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले हत्या प्रकरणमा संलग्न रिगल भनिने योगराज ढकाल आममाफी दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

व्यक्ति हत्याजस्तो अपराध कर्ममा संलग्न ढकाललाई आममाफी दिने सरकारको निर्णयले धेरै नेपाली जनताको मन रुवाएको उनको भनाइ छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पाण्डेले महंगी नियन्त्रण, विकास खर्च, मुलुकको अर्थतन्त्र चलायमान बनाउने काममा पनि सरकारले ध्यान दिन नसकेको बताए ।

उनले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकले पनि शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved