एन्जाइटी कम गर्न यस्ता खाना खानुहोस्

नेपालभ्युज

एन्जाइटी कम गर्न यस्ता खाना खानुहोस्

एजेन्सी । घर तथा अफिसको कामको व्यस्तता तथा प्रेसरले एन्जाइटीको समस्या बढिरहेको छ । यदि, यसलाई समयमै व्यवस्थापन गर्न सकिएन भने ठूलो समस्या निम्त्याउन सक्छ । केही खानेकुराको सेवनले पनि यसलाई कम गर्न सकिन्छ । जानौं–

– अन्डामा जिंकको मात्रा पाइन्छ, जसले एन्जाइटीलाई नियन्त्रण गर्छ । यसको सेवनले तपाईंलाई एकदमै फाइदा गर्नेछ ।

– न्युट्रिएन्ट्स जर्नलमा प्रकाशित एक अध्ययनमा एन्जाइटीबाट पीडित व्यक्तिलाई ओमेगा ३ फ्याटी एसिड दिनु एकदमै राम्रो हुने बताइएको छ । यसका लागि तपाईं चिया सिड्सको सेवन गर्न सक्नुहुन्छ ।

– त्यस्तै, उक्त अध्ययनमा कुरिलोको जराको सेवनले पनि एन्जाइटी कम गर्ने बताइएको छ । यसमा न्यूरोप्रोटेक्टिव गुण पाइन्छ जो एन्टी–एन्जाइटी हुने गर्छ ।

– एभोकाडो र बदामलाई पनि एन्जाइटीमा खानसक्ने बताइएको छ । यी दुवै भिटामिन बीले भरपूर खाद्य पदार्थ हुन् । यसको सेवनले स्ट्रेस तथा एन्जाइटी कम हुन सक्छ ।

– एन्टिअक्सीडेन्ट्स गुणले भरपूर ब्रोकाउलीको सेवनले पनि एन्जाइटीलाई कम गर्न सकिन्छ । यसलाई तपाईं सलादको रूपमा पनि खान सक्नुहुन्छ ।

त्यस्तै, सिट्रस फल अर्थात, अमिलो फलहरू जस्तै सुन्तला, कागती आदिको सेवनले पनि एन्जाइटीमा राम्रो गर्छ । यसमा भरपूर मात्रामा भिटामिन ‘सी’ हुने भएकाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । जसले गर्दा शारीरिक तथा मानिसक दुवै समस्यामा यो फाइदाजनक मानिन्छ ।

ग्रिन टी र क्यामोमाइल टी पनि स्वास्थ्यका लागि एकदमै राम्रो मानिएको छ । यसमा एन्टिअक्सीडेन्ट्स पाइन्छ जसले तपाईंको दिमागलाई शान्त बनाएर खुसी बनाउन सहयोग गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved