के कफी पिउँदा बढ्छ रक्तचाप ?

नेपालभ्युज

के कफी पिउँदा बढ्छ रक्तचाप ?

एजेन्सी । क्याफिन एकदमै धेरै सेवन गर्नु भनेको तपाईंको स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ । यस्तो भनिन्छ कि कफीमा पाइने क्याफिनले मुटुको गति बढाउन सक्छ । जसले गर्दा केही समयका लागि रक्तचाप बढ्न पनि सक्छ ।

यति मात्र नभएर कफीको सेवन गर्नाले रक्तकोषिकाहरुमा पनि असर पर्छ जसले गर्दा रक्तचाप तलमाथि हुन सक्छ । यसबाहेक कफी पिउँदा मानिसको निद्रा प्रभावित हुन्छ पनि भनिन्छ र यसको कारण पनि रक्तचापमा हुने असर नै हो ।

कफी पिउँदा रक्तचाप बढ्छ कि बढ्दैन भन्ने विषयमा विशेषज्ञको राय भने फरक रहेको छ । विशेषज्ञका अनुसार तपाईं दिनमा दुई कपसम्म कफी पिउन सक्नुहुन्छ । त्यो पनि दुध नराखेको कालो कफी पिउँदा तपाईंलाई फाइदा नै हुन्छ । यसले मुड ठिक राख्नुका साथै रक्तचापमा पनि फाइदा हुन्छ । अत्यधिक पिउँदा मात्र यसको बेफाइदा हो ।
सामान्य मात्रामा कफी पिउनु भनेको स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । यसमा पाइने एन्टीअकसीडेन्ट गुणले रक्तकोषिकाहरुलाई सही राख्न पनि सहयोग गर्छ । दैनिक दुई कप कालो कफीको सेवन गर्नाले रक्तचाप पनि सही रहन्छ र निद्रा पनि राम्रो आउँछ । यसलाई पिउँदा तपाईं आफ्नो मानसिक स्वास्थ्य पनि राम्रो बनाउन सक्नुहुन्छ ।

त्यसो त सन्तुलित मात्रामा कफी पिउनु फाइदाजनक नै हुन्छ भने यसको अत्यधिक सेवनले शरीरमा केही नकारात्मक असर पनि गर्दछ । धेरै कफी पिउँदा भने निद्रा सम्बन्धी समस्या, पेटसँग जोडिएका समस्या, छालाको रोग, रक्तचापमा परिवर्तन आदि कैयौं समस्याहरुको खतरा रहन्छ । त्यसैले यसको सही मात्रामा सेवन गरेर फाइदा लिनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved