गुण्डा नाइके ‘रिगल’लाई माफी दिइनुको कारण सात दिनभित्र पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई माफी दिनुपर्नाको कारण लिखित रूपमा सात दिनभित्र पेश गर्न सरकारलाई आदेश दिएको छ ।

नेपालभ्युज

गुण्डा नाइके ‘रिगल’लाई माफी दिइनुको कारण सात दिनभित्र पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई माफी दिनुपर्नाको कारण लिखित रूपमा सात दिनभित्र पेश गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले भारती शेर्पाले दायर गरेको रिटमा सुनुवाइ गर्दै सरकारसँग लिखित कारण माग गरेको हो । सर्वोच्चले पीडित परिवारको सुरक्षा व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको सजाय माफी दिएका थिए । पूर्वपतिका हत्यारालाई माफी दिएपछि भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँकेलगायतलाई लिखित जवाफ पेस गर्न भनेको छ ।

२०७२ असार २८ गते ढकालले चेतन मानन्धरलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए । हत्यामा दोषी ठहर गर्दै बाँके जिल्ला अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

गत असोज २ गते उनी कैद बसेको ८ वर्ष नपुग्दै माफी पाएर छुटेका थिए । भारतीले भने अनसन सुरु गरेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved