हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्धार

हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्धार

वीरेन्द्रनगर। हुम्लाबाट एकजना सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर थला परेकी महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

हुम्लाको अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई हेलिकोप्टरबाट उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा ल्याइएको छ ।

१७ घण्टादेखि सुत्केरी व्यथाले थलिएकी पाण्डेको र बच्चाको ज्यान बचाउन विभिन्न निकायमा पहलमा उद्धार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हंसबहादुर महताराले बताए ।

‘पाण्डेको गर्भमा रहेको शिशुको यसै महिनाको २० गतेका लागि समय तोकिएको थियो ।’ उनले भने,‘व्यथा लागेपछि श्रीनगर स्वास्थ्य चौकीमा भर्ना भएकी उनको जटिलस्थिति (ब्रिज प्रिजेन्टेसन) भएकाले बुधबार नै रिफर गरिए पनि यातायातको साधनको अभावमा बिहीबार बिहान मात्र सुर्खेत पुर्‍याएको छ ।’

कर्णाली लगायतका दुर्गमका जिल्लामा सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धार कार्यक्रमले सुत्केरी महिलाको उद्धार गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved