दुर्गम क्षेत्रमा पनि सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारलाई समितिको निर्देशन

नेपालभ्युज

दुर्गम क्षेत्रमा पनि सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारलाई समितिको निर्देशन
फाइल तस्वीर

काठमाडौं । संसदीय समितिले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा नुन, चिनी, चामल, दाल लगयातका अत्यावश्यक वस्तुहरुको पर्याप्त व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

बैठकले नजिकिँदै गरेका चाडपर्वको समयमा अत्यावश्यक पर्ने मसलाजन्य वस्तुहरु (जिरा, मरिच धनिया, ल्वाङ, सुकुमेल लगायत) र अन्य खाद्य पदार्थमा भएको अस्वभाविक मूल्यवृद्धि, मिसावट, कृत्रिम अभाव, कालोबजारी, गैरकानूनी भण्डारण, जस्ता अनियमित गतिविधि हुन सक्नेतर्फ ध्यान दिँदै उपभोक्तालाई सुपथ र गुणस्तरीय उपभोग्य सामानहरु सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

सरकारलाई निर्देशन दिँदै समिति सभापति अब्दुल खानले सरकारले चाडपर्व लक्षित सुपथ मूल्यका पसलहरु देशका दुर्गम र हिमाली जिल्लाहरुसहित विभिन्न स्थानहरुमा समेत थप गरी त्यस्ता पसलहरुबाट जनतालाई सहज रुपमा चाडपर्वका समयमा किनमेल गर्न पाउने वातावरण बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved