आम नागरिकको थप्पड खाने बलिउडका कलाकार

नेपालभ्युज

आम नागरिकको थप्पड खाने बलिउडका कलाकार

एजेन्सी । कलाकारका जति धेरै प्रसंशक हुन्छन् त्यति नै उनीहरुलाई मन नपराउने व्यक्तिको संख्या पनि उल्लेख्य हुन्छ ।

कतिपय अवस्थामा कलाकारलाई केहीले त बाटोघाटो सार्वजनिक स्थलमै थप्पड तथा कुटपिट पनि गर्ने गर्छन् । त्यस्तै केही बलिउड कलाकारका बारेमा जानौं जसले बिना कारण थप्पड खानु परेको थियो ।

अर्चना गौतममाथि हालै दिल्लीमा मारपिट भएको थियो । यस घटनामा उनका बुवा पनि गम्भीर रुपमा घाइते भएका थिए ।

त्यस्तै एक रियालिटी शोका क्रममा गौहर खानलाई पनि एक जना अन्जान व्यक्तिले सबैका अगाडि थप्पड हानेको थियो । कयौं सिरियलमा काम गरिसकेका प्रियांक शर्मालाई पनि उनकै आफन्तले ज्यानै लिनसक्ने हमला गराएका थिए ।

केही मिडिया रिपोर्टमा छापिएका समाचारलाई मान्ने हो भने सन् २००९ मा एउटी युवतीले सलमान खानलाई पनि थप्पड हानेकी थिइन् । रणवीर सिंहलाई साउथ इन्डियन इन्टरनेशनल फिल्म अवार्डमा एक व्यक्तिले थप्पड हानेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved