४९ लाख बजेट, कमाइ २० अर्बको यो हरर फिल्म जसलाई तपाईं एक्लै हेर्नै सक्नुहुन्न

नेपालभ्युज

४९ लाख बजेट, कमाइ २० अर्बको यो हरर फिल्म जसलाई तपाईं एक्लै हेर्नै सक्नुहुन्न

एजेन्सी। अहिलेसम्म तपाईंले पनि धेरै डरलाग्दा तथा हरर फिल्महरू हेर्नुभएको होला । कतिपयलाई हरर फिल्म हेरेपछि एक्लै सुत्न पनि डर लाग्छ । त्यस्तैमध्ये हामीले आज एउटा त्यस्तो फिल्मको बारेमा बताउनेछौं । यो फिल्म हेरेपछि तपाईं डरले एक्लै दिउँसै पनि बस्न सक्नुहुनेछैन ।

फिल्म ‘द ब्लेयर विच प्रोजेक्ट’, जुन् सन् १९९९ मा रिलिज भएको थियो । यो फिल्मलाई डैनियल मायरिक र एड्डआर्डो सान्चेजले निर्देशन गरेका थिए ।
द ब्लेयर विच प्रोजेक्ट लाई असाधारण क्रियाकलापमा बनेको अहिलेसम्मकै उत्कृष्ट र सफल फिल्ममा गनिन्छ ।

फिल्मको कथा तीन युवाहरूका वरिपरि घुम्छ । जो एउटा प्रोजेक्टको खोजतलास गर्दागर्दै अचानक गायब हुन्छन् । तीन जना युवा हराएपछि करिब एक वर्षपछि यिनीहरूको क्यामरा बरामद हुन्छ । जसको फुटेजबाट थाहा हुन्छ कि आखिर यी युवाहरूका साथ के भएको थियो ।

फिल्ममा माइकल विलियम्स, जोशुआ लियोनार्ड र हिदर डोनाह्यु मुख्य भूमिकामा छन् । खास कुरा त के छ भने यो डरलाग्दो फिल्मलाई ८ दिनमै सुटिङ गरिएको थियो र यसको बजेट पनि एकदमै थोरै थियो । फिल्मको बजेट करिब ८० लाखको थियो । तर, यसले बक्स अफिसमा यस्तो धमाकेदार कमाइ गरेको थियो ।

करिब ८० लाखको बजेटमा बनेको द ब्लेयर विच प्रोजेक्टले बक्स अफिसमा २० अर्बको कमाइ गरेको थियो । फिल्मको कमाइ देखेपछि ठूला ठूला फिल्म निर्माताहरू चकित थिए । यदि, तपाईंले पनि अहिलेसम्म यो फिल्म हेर्नुभएको छैन भने आफ्नो परिवार तथा साथीभाईसँग बसेर अवश्य यो फिल्म हेर्नुहोला ।

यो फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा हेर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved