ओलीले अलब्राइटलाई भने – एमसीसीका परियोजना तोकिएको समयमै सम्पन्न गर्नुपर्छ

नेपालभ्युज

ओलीले अलब्राइटलाई भने – एमसीसीका परियोजना तोकिएको समयमै सम्पन्न गर्नुपर्छ

काठमाडौं।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का अन्तर्राष्ट्रिय प्रमुख कार्यकारी अधिकृत (ग्लोबल सिइओ) एलिस अलब्राइटबीच शिष्टाचार भेटवार्ता भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा दुईबीच आज एमसिसी कार्यान्वयनका विषयमा छलफल भएको एमाले परराष्ट्र मामिला विभागका प्रमुख डा राजन भट्टराईले जानकारी दिए ।

उनका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले परियोजनाको सहमतिअनुसार नै अगाडि बढाउनुपर्ने र निर्धारित समयमा नै एमसिसी परियोजना सक्नुपर्ने भनाइ राख्ने ।

एलिस अलब्राइटले एमसिसी कार्यान्वयनको तहमा पुगेको भन्दै निर्धारित समयमा नै एमसिसी परियोजना सक्ने लक्ष्य रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको नेता डा भट्टराईले जानकारी दिए ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved