आजकै दिन रिलिज भएको थियो पहिलो नेपाली फिल्म ‘आमा’

तत्कालीन राजा महेन्द्रको आग्रहमा भारतीय फिल्ममा काम गरिरहेका निर्देशक हिरासिंह खत्रीलाई नेपाल झिकाइएको थियो। पञ्चायती व्यवस्थाको प्रवर्द्धनका लागि फिल्म निर्माण गरिएको इतिहासकार बताउँछन्।

नेपालभ्युज

आजकै दिन रिलिज भएको थियो पहिलो नेपाली फिल्म ‘आमा’

काठमाडौं। नेपाली फिल्म रिलिज भएको सोमबार ५८ वर्ष पुगेको छ। २०२२ सालमा आजकै दिन पहिलो नेपाली फिल्म ‘आमा’ प्रदर्शन भएपछि नेपाली फिल्म चल्न सुरु भएको थियो। त्यसअघि हिन्दी फिल्म मात्र चल्थ्यो।

तत्कालीन राजा महेन्द्रको आग्रहमा भारतीय फिल्ममा काम गरिरहेका निर्देशक हिरासिंह खत्रीलाई नेपाल झिकाइएको थियो। पञ्चायती व्यवस्थाको प्रवर्द्धनका लागि फिल्म निर्माण गरिएको इतिहासकार बताउँछन्।

‘सत्य हरिश्चन्द्र’ र ‘आमा’मध्ये कुन फिल्मलाई पहिलो नेपाली फिल्म मान्ने विवाद थियो। तर, चलचित्र विकास बोर्डले गत वर्ष ‘आमा’लाई पहिलो नेपाली फिल्मको मान्यता दिएको हो। ‘सत्य हरिश्चन्द्र’ २००६ सालमै रिलिज भएको थियो। तर, निर्देशकदेखि प्राविधिकसम्म भारतीय भएकाले यसलाई नेपालमा निर्माण भएको मान्न नहुने तर्क बोर्डको छ।

यसैले पहिलो फिल्म मानिएको ‘आमा’को छायांकन नेपालमा भएको थियो। प्राविधिक काम भने नेपालमा नहुने भएकाले भारतमा गरिएको थियो।

फिल्ममा भुवन थापा चन्द, चैत्यदेवी, वसुन्धरा भुसाल र शिवशङ्कर मानन्धरको मुख्य अभिनय छ। यो फिल्मको निर्माण सरकारको प्रसार विभागले बनाएको थियो।

प्रमुख भूमिकामा रहेकी अभिनेत्री भुवन चन्दले यो फिल्ममा अभिनय गर्न पाउनु नै उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण र अविस्मरणीय घटना भएको बताएकी थिइन्।

चौध वर्षको उमेरमा हरिप्रसाद रिमालले पनि आमामा सानो भूमिका निर्वाह गरी आफ्नो अभिनय जीवनको सुरुआत गरेका थिए।
यो फिल्मको छायांकन चार महिनाको समयावधिमा पूरा गरिएको थियो। पोस्ट–प्रोडक्सनलाई भारतको कोलकातामा ६ महिनामा पूरा गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved