एमाले कोशी प्रदेश अधिवेशनको मतदान सकियो

नेपालभ्युज

एमाले कोशी प्रदेश अधिवेशनको मतदान सकियो

काठमाडाैं | नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।आइतवार राति १० बजेदेखि शुरू भएको मतदान सोमबार बिहान ५ बजे सकिएको हो ।

निर्वाचन कमिटीका अध्यक्ष चुणामणि आचार्यका अनुसार ९९७ प्रतिनिधिमध्ये ९७७ जनाले मात्र मतदान गरे । अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाले प्रतिस्पर्धा गरेका छन् ।

शुक्रबारदेखि शुरू भएको अधिवेशनले २१५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । मतगणना भने दिउँसोबाट मात्रै शुरू हुने निर्वाचन कमिटीले जनाएको छ ।

आइतबार दिउँसो १ बजेबाट सुरु गर्ने भनेको मतदानको समय तयारी नपुगेको भन्दै पटक–पटक समय सारेर आइतबार राति साढे १० बजेबाट मात्र सुरु गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved