एमाले कर्णालीको नेतृत्व चयन गर्न मतदान हुँदै

एमाले कर्णालीको नेतृत्व चयन गर्न मतदान हुँदै

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज (आइतबार) मतदान हुँदैछ ।

सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइएको छ । बिहान ८ बजेपछि मतदान सुरु गरिने निर्वाचन समितिले जानकारी गराएको छ ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गरिनेछ । एमाले कर्णाली अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलाबजंग शाह र कालीकोटकै प्रकाश रोकाया चुनावी मैदानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved