शनिबार दिनभर अशान्त रह्यो वीरेन्द्रनगर

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर  शनिबार दिनभर अशान्त भएको छ । सवारी दुर्घटनामा एक बालकको मृत्यु र होस्टेलमा रहेका बालक होस्टेलमै झुन्डिएको अवस्थामा फेला परेपछि वीरेन्द्रनगर अशान्त बनेको हो ।

शनिबार दिनभर अशान्त रह्यो वीरेन्द्रनगर

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर  शनिबार दिनभर अशान्त भएको छ । सवारी दुर्घटनामा एक बालकको मृत्यु र होस्टेलमा रहेका बालक होस्टेलमै झुन्डिएको अवस्थामा फेला परेपछि वीरेन्द्रनगर अशान्त बनेको हो ।

मोटरसाइकलले ठक्करबाट घाइते भएका दैलेख आठविस नगरपालिका खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरीको उपचारको क्रममा कर्णाली कियर अस्पतालमा मृत्यु भएको थियो ।

दुर्घटना लगत्तै फरार रहेका मोटरसाईकल चालकलाई पक्राउ गर्नुपर्ने माग राख्दै आफन्तले  रत्न राजमार्गको जुम्लारोड सडकका टायर बालेर अबरुद्ध गर्न थालेपछि झडप भएको थियो ।

यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ बर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर हुन् ।

कक्षा २ मा अध्ययनरत उनी मृत फेला परेपछि आक्रोशित भीडले घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोड गरेको थियो । भीडलाई साम्य पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ । प्रहरीले संचालक समितिका सदस्यलाई नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved