एउटै फिल्ममा ४५ व्यक्तिको अभिनय गरेर गिनीज वर्ल्ड रेकर्डमा नाम

नेपालभ्युज

एउटै फिल्ममा ४५ व्यक्तिको अभिनय गरेर गिनीज वर्ल्ड रेकर्डमा नाम

एजेन्सी । बलिउडमा कमल हसन, गोविन्दा, संजीव कुमार तथा शिवाजी गणेशन जस्ता नाम आफ्ना फिल्ममा विभिन्न व्यक्तिको अभिनय गरेर धेरैको मन जितिसकेका छन् ।

सन् २००८ मा आएको फिल्म ‘दशअवतारम’ मा कमल हसनले पूरै १० जना व्यक्तिको भूमिका निर्वाह गरेका थिए । त्यस्तै गोविन्दाले ‘हद कर दी आपने’ फिल्ममा ६ जना व्यक्तिको भूमिका निर्वाह गरेका थिए ।

तर दक्षिण भारतको फिल्ममा एउटा त्यस्तो कलाकार छन् जसले ५, १० मात्र नभएर पूरै ४५ व्यक्तिको चरित्र निर्वाह गरेका छन् एउटै फिल्ममा । यस्तो फिल्म संसारकै पहिलो भएर गिनीज बुकमा पनि नाम लेखाउन सफल भएको छ ।

गान्धीदेखि लिएर ईसा मसीहसम्मको भूमिका निभाएका यी अभिनेताको नाम हो जानसन जर्ज । सन् २०१८ मा रिलीज भएको ‘आरानु नजान’मा जर्जले ४५ जना व्यक्तिको भूमिका निर्वाह गरेर इतिहास रचेका थिए । यो रेकर्डलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन । ‘आरानु नजान’ एक घण्टा ४७ मिनेटको एक मलयालम फिल्म थियो जसको निर्देशक पीआर उन्नीकृष्णनले गरेका थिए ।

फिल्ममा जयाचन्द्रन थगाजीकरण र मुहम्मद नीलम्बुरले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा जनसन जर्जले कथाको साना साना ४५ जना व्यक्तिको रुपमा काम गरेका छन् । जसमा महात्मा गान्धी, ईशा मसीह, अब्दुल कलाम समेत भारतका कयौं महान् हस्तीलाई पर्दामा जीवन्त गराइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved