८ वर्षीय बालक होस्टेलमा झुन्डिएको अवस्थामा भेटिए, स्कुलमा आगजनी

८ वर्षीय बालक होस्टेलमा झुन्डिएको अवस्थामा भेटिए, स्कुलमा आगजनी

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालबाटिका सेकेन्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका- १ का ८ वर्षीय सलाम पुलामी मगर हुन् । उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए ।

होस्टेलमा शुक्रबार साँझ झुन्डिएको अवस्थामा फेला परेका बालकको शव‌ अहिलेसम्म उठाइएकाे छैन।

आफन्तले घटना शंकास्पद रहेकाे भन्दै शव उठाउन मानेका छैनन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गाेपालचन्द्र भट्टराईले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताए ।

आक्रोशित आफन्तले स्कुलमा आगजनी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved