इन्द्रावती खोलामा हामफाली बेपत्ता भएका एक व्यक्तिको शव फेला

नेपालभ्युज

इन्द्रावती खोलामा हामफाली बेपत्ता भएका एक व्यक्तिको शव फेला

काठमाडौं। सिन्धुपाल्चोकको इन्द्रावती खोलामा हाम फाली बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ ।

शुक्रबार मेलम्ची नगरपालिका-११ फट्टेस्थित बाटोको छेउमा लगाएको पर्खालबाट इन्द्रावती खोलामा हामफालेका हेलम्बु गाउँपालिका-६ का ६४ वर्षीय विष्णुप्रसाद गजुरेलको शव सशस्त्र प्रहरीले शव फेला पारेको हो ।

हेलम्बु गाउँपालिका-६ घर रहेका गजुरेल हाल काठमाडौंको महांकाल बस्दै आएका थिए । असोज ११ गते उनी इन्द्रावती खोलामा हाम फाली बेपत्ता भएका थिए ।

सो घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस मेलम्चीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश फुयाँलको नेतृत्वमा खटिएको टोलीले उनको शव मेलम्चीको ढकालखहरेस्थित इन्द्रावती खोलाको बीच भागमा फेला पारेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved