साइनसको समस्याबाट राहत दिने योगासन

नेपालभ्युज

साइनसको समस्याबाट राहत दिने योगासन

एजेन्सी । साइनस यानि कि, पिनासको समस्या बढ्यो भने नाकबाट स्वास लिन पनि समस्या हुन्छ । यस्तोमा स्वास लिनका लागि पनि संघर्ष गर्नुपर्ने हुन्छ । तर, तपाईंले केही योगासनहरू गरेर यसबाट सधैंका लागि मुक्ति पाउन सक्नुहुन्छ । नियमितरूपमा यस्ता योगासन गरेमा पुरानो पिनास रोगबाट पनि छुट्कारा पाउन सकिन्छ । जानौं ती योगासनका बारेमा ।

भुजंगासन

भुजंगासनमा खुट्टाका औंलाहरूलाई दबाब दिँदा दायाँ र बायाँ शरीरको मार्ग सक्रिय हुन्छ । यो पिठ्युँको तल्लो भागसँग जोडिएको हुन्छ । यो आसनले साइनसको समस्यामा आराम पाउन सकिन्छ ।

उष्ट्रासन

उष्ट्रासनका क्रममा योगा म्याटमा घुँडा राखेर खुट्टाहरूलाई त्यतिबेलासम्म मोड्नुहोस् जतिबेला सम्म शरीर सीधा हुँदैन । यसले साइनसको समस्यामा आराम पाउन सकिन्छ ।

सेतु बन्धासन

यो आसनले पनि घाँटीमा असर पर्छ । जसले गर्दा साइनसको समस्यामा हुने दुखाइलाई कम गर्नुका साथै यसबाट आराम दिन्छ ।

गौमुखासन

यस आसनलाई गर्नाले छातीका मांसपेशीहरूमा असर पर्छ । जसले गर्दा स्वास लिने बाटो खुल्छ र साथै, चिन्ता तथा थकान पनि कम हुन्छ ।

कपालभाँती

त्यस्तो कपालभाँती जीवनसाथी भन्ने भनाइ पनि छ । यसलाई गर्दा हामीले नाकबाट स्वास फाल्छौं जसले गर्दा नाकको समस्या कम हुन्छ ।

अनुलोमविलोम

दैनिक रूपमा अनुलोमविलोम गर्नाले पनि स्वासप्रस्वास तथा नाकमा भएका समस्याहरू कम हुँदैन जान्छन् । यस्ता योगासन तथा प्राणायम दैनिक रूपमा गर्नुभयो भने तपाईंको पुरानो पिनासको समस्या पनि निको हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved