हवलदारको खल्तीमा ४५० रुपैयाँ घुस हाल्दिने व्यक्ति पक्राउ

नेपालभ्युज

हवलदारको खल्तीमा ४५० रुपैयाँ घुस हाल्दिने व्यक्ति पक्राउ
फाइल फोटो

काठमाडौं। रोल्पामा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनिल स्मृति गाउँपालिका–३ मिझिङका ३२ वर्षीय टंकबहादुर घर्ती रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

बिहीबार साँझ रोल्पाको रोल्पा नगरपालिका–१ बामरुकस्थित लिवाङ सातदोबाटो सडक खण्डमा ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँच चलिरहेको थियो।

बिहीबार बेलुकी ४ बजेतिर लु १ प ४०९१ नम्बरको मोटरसाइकललाई ट्राफिकले चालकसँग सवारी चालक अनुमति पत्र मागे। चालकले सवारी चालक अनुमति पत्र दिन सकेनन्। पछि घुस दिन खोजेपछि उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक देवीराम भण्डारीले बताए।

तर पक्राउ परेका घर्ती भने सवारीका चालक होइनन्। सोही ठाउँका २६ वर्षीय दीपक विष्टले मोटरसाइकल चलाएका थिए। उनेको सवारी चालक अनुमति पत्र नै नभएको खुलेको छ।

मोटरसाइकल पछाडि बसेका घर्तीले सहायक हवलदार बस्नेतको खल्तीमा ४५० रुपैयाँ घुस स्वरूप राखिदिए। त्यसपछि उनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भण्डारीले बताए। अहिले घुसबापत रकम दिन खोजेको भन्दै घर्तीलाई कानुनी बमोजिम कारबाही हुने प्रहरी निरीक्षक भण्डारीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved