बलिउड कलाकार जसले आफ्नो विवाहमा पानी जसरी बगाए पैसा

नेपालभ्युज

बलिउड कलाकार जसले आफ्नो विवाहमा पानी जसरी बगाए पैसा

एजेन्सी । बलिउड कलाकार विवाहमा पानी जसरी पैसा बगाउँछन् । पाँच तारे होटलमा विवाहदेखि लिएर महंगा डिजाइनर कपडा तथा गरगहना यस्ता चीजमा उनीहरु असिमित रकम खर्च गर्छन् ।

बलिउडमा अहिलेसम्म त्यस्ता कयौं विवाह भएका छन् जसमा करोडौंको खर्च भएको छ । आज त्यस्तै केही विवाह बारे जानौं–

प्रियंका चोपडा र निक जोन्स

प्रियंका चोपडा त अहिले बलिउड मात्र नभएर हलिउडकी पनि कलाकार भइसकिन् । उनका श्रीमान् निक जोन्स चर्चित अन्तरर्राष्ट्रिय पप गायक हुन् । यी दुवै सन् २०१८ मा भारतको जोधपुरको उम्मेद भवन प्यालेसमा शाही विवाह गरेका थिए ।

रिपोर्टअनुसार प्रियंका र निकको यस विवाहमा १ अर्ब ५ करोड भारतीय रुपैयाँ खर्च भएको थियो । उम्मेद भवन प्यालेसमा सबै पाहुनालाई पाँच दिन बसेकै खर्च करीब ३.२ करोड भएको थियो ।

दीपिका पादुकोण र रणवीर सिंह

एक पछि अर्को चर्चित फिल्म दिने दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले पनि शाही तरिकाले विवाह गरेका थिए । जसमा उनीहरुले पनि मन खोलेर खर्च गरेका थिए । इटलीको लेक कोमो भिल्लामा उनीहरुको विवाह भएको थियो ।

यस भिल्लामा एक रात बस्नका लागि करीब २५ लाख खर्च गर्नुपर्छ । दीपिका र रणवीरको विवाह बलिउडको सबैभन्दा महंगा विवाहमध्ये एक पर्छ । यसमा करीब ९५ करोड भारतीय रुपैयाँ खर्च भएको अनुमान लगाइएको थियो ।

अनुष्का शर्मा र विराट कोहली

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले पनि इटलीमा शाही तरिकाले विवाह गरेका थिए । यस विवाहमा ९० करोड रुपैयाँ खर्च भएको थियो । अनुष्काको ब्राइडल लेहेंगादेखि लिएर गहना तथा विवाह गरिएको भेन्यू हरेक चीजमा एकदमै धेरै खर्च भएको र चर्चा समेत भएको थियो ।

शिल्पा शेट्टी र राज कुन्द्रा

व्यवसायी राज कुन्द्रा र बलिउड अभिनेत्री शिल्पा शेट्टीको विवाहमा पनि कुनै कुराको कमी थिएन । विवाहका पहिरनदेखि लिएर रिसेप्शनसम्म हरेक चीजमा खुलेर खर्च गरिएको थियो । शिल्पा र राजको विवाहको कुल खर्चको अनुमान ८० करोड भारतीय रुपैयाँ आसपास लगाइएको थियो ।

अभिषेक बच्चन र ऐश्वर्या राय

अभिषेक बच्चन र ऐश्वर्या रायले सन् २००७ मा विवाह गरेका थिए । उनीहरुको पनि शाही तरिकाले विवाह सम्पन्न भएको थियो । जसको देशैभर चर्चा चलेको थियो । यो विवाह अमिताभ बच्चनकै बंगला प्रतिक्षामा भएको थियो तर पनि यसको खर्च ४० करोड भएको थियो । आज पनि यो बलिउडको महंगो विवाहमध्ये एकमा पर्दछ ।

परिणीति चोपडा र राघव चड्ढा 

परिणीति चोपडा र राघव चड्ढा यही २४ सेप्टेम्बरमा विवाह बन्धनमा बाँधिए । उनीहरुले उदयपुरको द लीला प्यालेसमा शाही तरिकाले विवाह गरेका थिए । मिडिया खबरअनुसार परिणीति चोपडाले सबैभन्दा महंगो कोठा बुक गरेकी थिइन् । रिपोर्टअनुसार उनीहरुको विवाहको कुल खर्च करीब १० करोड भएको अनुमान लगाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved