यी बलिउड अभिनेत्री जसले बनाए सम्बन्धविच्छेद् गरेका व्यक्तिलाई जीवनसाथी

नेपालभ्युज

यी बलिउड अभिनेत्री जसले बनाए सम्बन्धविच्छेद् गरेका व्यक्तिलाई जीवनसाथी

मुम्बई। बलिउडमा सेलीब्रेटीहरूको सम्बन्धविच्छेद् भएको घटनाहरू त धेरै नै आएका छन् । तर,  चर्चित अभिनेत्रीहरूले सम्बन्धविच्छेद् गरेका व्यक्तिलाई नै जीवनसाथी बनाएका घटना भने धेरैलाई थाहा नहुन सक्छ । आउनुहोस् जानौैं, कुन-कुन अभिनेत्रीले बनाए सम्बन्धविच्छेद् गरेका व्यक्तिलाई आफ्नो जीवनसाथी :-

करिना कपूर

बलिउडकी ‘बेबो’ यानी कि, करिना कपूरको नाम यस लिस्ट पहिलो नम्बरमा छ । करिना कपूर बलिउडकी चर्चित तथा सफल अभिनेत्री मध्ये एक पर्छिन् । उनले आफ्नो उमेरभन्दा जेठा र पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद् गरेका अभिनेता सैफ अली खानसँग विवाह गरिन् । करिनाभन्दा पहिला सैफले अभिनेत्री अमृता सिंहसँग विवाह गरेका थिए । जसबाट उनका छोरा इब्राहिम र छोरी सारा अलि खान हुन् । करिना आफ्नौ वैवाहिक जीवनमा एकदमै खुसी छन् ।

रानी मुखर्जी

रानी मुखर्जीको नाम पनि यस लिस्टमा पर्छ । रानीले पनि सम्बन्धविच्छेद् गरेका आदित्य चोपडासँग विवाह गरिन् । आदित्य चोपडा यश चोपडाका छोरा तथा चर्चित निर्माता निर्देशक हुन् । रानीसँग विवाह गर्नुअघि आदित्यले पायल खन्नासँग विवाह गरेका थिए ।

शिल्पा शेट्टी

फिटनेस क्विन शिल्पा शेट्टीले पनि पहिलो श्रीमतीबाट सम्बन्धविच्छेद् गरेका व्यवसायी राज कुन्द्रासँग विवाह गरिन् । राज एक एनआरआई व्यवसायी हुन् । शिल्पासँग विवाह गर्नुअघि उनले सन् २००३ मा कवितासँग विवाह गरेका थिए जो धेरै समय टिक्न सकेन । अहिले शिल्पा र राजका दुई छोराछोरी छन् ।

लारा दत्त

अभिनेत्री तथा विश्व सुन्दरी लारा दत्त पनि यस लिस्टमा पर्छिन् । उनले टेनिस खेलाडी महेश भूपतिसँग विवाह गरेकी छन् । यो उनको पहिलो विवाह हो, तर महेशको भने दोस्रो विवाह हो । यसअघि, उनले श्वेता जयशंकरसँग विवाह गरेका थिए पछि उनीसँग सम्बन्धविच्छेद् गरेर लारा दत्तासँग विवाह गरे ।

विद्या बालन

अभिनेत्री विद्या बालनले पनि सम्बन्धविच्छेद् गरेका व्यक्तिलाई आफ्नो जीवनसाथी बनाइन् । सन् २०१२ मा विद्याले सिद्धार्थ राय कपूरसँग विवाह गरिन् । उनी चर्चित फिल्म निर्माता हुन् । सिद्धार्थको विद्या बालनसँग तेस्रो विवाह थियो । विद्याभन्दा अगाडि उनका दुई विवाह असफल भएका थिए ।

विपाशा बसु

अभिनेत्री विपाशा वसुले पनि दुईपटक सम्बन्धविच्छेद् गरिसकेको व्यक्तिलाई आफ्नो जीवनसाथी बनाइन् । उनका पति करन सिंह ग्रोबरले विपाशासँग विवाह गर्नु अघि दुईवटा विवाहमा सम्बन्धविच्छेद् गरिसकेका थिए । अहिले विपाशा र करणको एक छोरी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved