मिर्गौलामा पत्थरी पर्दा यस्ता चीज सेवन नगर्नुहोस्

नेपालभ्युज

मिर्गौलामा पत्थरी पर्दा यस्ता चीज सेवन नगर्नुहोस्

एजेन्सी । मिर्गौलामा पत्थरी परेपछि अचानक पेट दुख्ने र पिसाबसँग जोडिएका समस्या हुन थाल्छन्, जो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

आउनुहोस् जानौं मिर्गौलाको पत्थरीको समस्यामा कस्ता चीज सेवन गर्नबाट बच्नुपर्छ ।

सोडियम

पत्थरीको समस्या हुँदा सोडियम अर्थात नुन धेरै खानु हानिकारक हुन्छ । शरीरमा नुन अत्यधिक हुँदा स्टोन वा पत्थरीको आकार बढ्न सक्छ । त्यसैले नुन धेरै खानबाट बच्नुहोस् ।

क्याफिन र कार्बोनेटेड ड्रिंक्स

पत्थरीको समस्या हुँदा क्याफिन तथा कार्बोनेटेड ड्रिंक्सको सेवनबाट पनि बच्नुपर्छ । यस्तो पेय पदार्थमा फस्फोरिक एसिड हुन्छ, जसले पत्थरीको समस्यालाई बढाउन सक्छ ।

दुग्धजन्य पदार्थ

दुग्धजन्य पदार्थमा पनि क्याल्सियम तथा पोटाशियमको मात्रा भरपूर हुन्छ जो पत्थरीका बिरामीका लागि नोक्सानदायक हुन सक्छ । त्यसैले डाक्टरको सल्लाह लिएर मात्र यस्ता चिजको सेवन गर्नुहोस् ।

मांसहारी

मिर्गौला वा ब्लाडरमा पत्थरीको समस्या हुँदा मांसहारी खानाबाट बच्नु पर्दछ । यसमा प्रोटिनको अत्यधिक मात्रा हुने भएकाले यूरिनको समस्या अझै बढ्न सक्छ ।

अमिला फल

अमिला फलफूलको सेवनले पनि मिर्गौलाको पत्थरी बढ्ने खतरा हुन्छ । त्यसैले यसको सेवन पनि कम गर्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved