नेपाल मेडिकल कलेजमा चिकित्सकले गरे सेवा बन्द

नेपालभ्युज

नेपाल मेडिकल कलेजमा चिकित्सकले गरे सेवा बन्द

काठमाडौं। काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकहरूले सबै सेवा बन्द गरेका छन् ।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा उनीहरूले सेवा रोकेर प्राङ्गडमा प्रदर्शन सुरु गरेका हुन् ।

दिनदिनै चिकित्सक तथा स्वास्थ्यकर्मी असुरक्षित बन्दै गएको र सरकारको तर्फबाट सुरक्षाको प्रत्याभूति हुन नसकेका कारण मनोबल घटेको भन्दै उनीहरूले सबै सेवा ठप्प पारेको घोषणा गरेका छन् ।

नेपाल मेडिकल कलेजले अस्पताल आएका आकस्मिक बाहेकका बिरामीलाई डाक्टरहरूको हड्ताल भएको भन्दै भोलि ओपीडीमा आउन आग्रह गर्दै फर्काएको छ ।

अस्पतालमा मंगलबार लम्जुङकी एक महिलाको मृत्यु भएपछि आफन्तले डाक्टरमाथि हातपात गरेका थिए । डाक्टरमाथि हातपात गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved