सेगवेको नयाँ सोरुम चितवन र बुटवलमा

नेपालभ्युज

सेगवेको नयाँ सोरुम चितवन र बुटवलमा

काठमाडौं ।  सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले चितवन र बुटवलमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । बुटवलको कालिका चोकमा लोक सुशीला मोटर प्रालिको साझेदारीमा सोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार चितवनको भरतपुरस्थित हाकिमचोकमा युनाइटेड अटो कन्सर्नको सहकार्यमा सोरुम सञ्चालनमा ल्याइएको छ । यी सोरुमबाट सेगवेका उत्पादन र सेवाहरु ग्राहकले सहज रुपमा पाउने आईहबले जनाएको छ ।

‘एन–१००, ई–१००, ई–११० एल र ई–१२५ मोडलसहित सेगवेका उत्पादनहरुको सम्पूर्ण रेन्ज सोरुमहरुमा उपलब्ध हुनेछ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘ग्राहकले यो अवसर नगुमाई किफायती मूल्यमा आफ्ना रोजाइका विशिष्ट सेगवे उत्पादनहरु खरिद गर्न सक्ने छन् ।’

ग्राहकले सेगवेका उत्पादनहरूको खरिद मात्र नभएर यसको ब्याट्री रेन्टल, ब्याट्री स्वाप, र तीव्र चार्जिङ सपोर्ट लगायत सेवाहरू पाउने कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved