सरोगेसीको सहाराले आमा बनेका यी बलिउड अभिनेत्री

नेपालभ्युज

सरोगेसीको सहाराले आमा बनेका यी बलिउड अभिनेत्री

एजेन्सी । भनिन्छ, संसारमा सबैभन्दा ठूलो सुख नै आमाबुबा बन्नु हो । तर, केही शारीरिक तथा अन्य कारणले गर्दा आमा बन्न नसक्ने महिला पनि धेरै छन् ।

तर, कतिपय कलाकार आफ्नो करिअर तथा उमेरका कारणले आमा बन्न चाहे पनि आफैंले बच्चा जन्माउँदैनन । उनीहरू सरोगेसीको माध्यमबाट आमा बुबा बन्छन् । त्यस्ता केही बलिउड कलाकार छन् जसले सरोगेसीको माध्यमबाट बच्चा जन्माएका छन् ।

प्रियंका चोपडा

बलिउडकी ‘देशी गर्ल’ भनेर चिनिने प्रियंका चोपडा अब त विश्वभरमै चिनिने कलाकारमा पर्छिन् । प्रियंका चोपडा र पति निक जोनस सरोगसीको सहयोगबाट अभिभावक बनेका छन् । अभिनेत्रीले २१ जनवरी २०२२ मा सामाजिक सञ्जालमार्फत् सरोगेसीबाट छोरी जन्मिएको घोषणा गरेकी थिइन् ।

गौरी खान

त्यस्तै शाहरुख खानकी पत्नी गौरी खान पनि यस लिस्टमा समावेश छन् । उनीहरूको तेस्रो सन्तान अबराम सरोगेसीबाट जन्मिएको बच्चा हो । तर, उनीहरूका दुई जना बच्चाकी बायोलोजिकल आमा भने गौरी नै हुन् ।

शिल्पा सेट्टी

त्यसैगरी अभिनेत्री शिल्पा सेट्टीले पनि एउटा छोरालाई जन्म दिइन् । त्यसपछि उनले सरोगेसीको माध्यमबाट छोरीको समेत आमा बनेकी छन् ।

सनी लियोनी

बलिउड अभिनेत्री सनी लियोनीका तीन जना बच्चा छन् । जसमध्ये छोरीलाई उनीहरूले अनाथालयबाट अपनाएका थिए भने दुई छोरालाई सरोगेसीको माध्यमबाट जन्माएका हुन् ।

अमिषा पटेल

बलिउड अभिनेत्री अमिषा पटेल पनि सरोगेसीको सहयोगबाट आमा बनेकी छन् । लामो समयसम्म बच्चा नभएपछि उनले सरोगेसीको माध्यमबाट बच्चा जन्माएकी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved