सेती प्रादेशिक अस्पताल जलमग्न, बिरामीको बिचल्ली (तस्वीरहरू)

नेपालभ्युज

सेती प्रादेशिक अस्पताल जलमग्न, बिरामीको बिचल्ली (तस्वीरहरू)

धनगढी। सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पताल (पुरानो भवन) जलमग्न भएको छ । आज बिहान परेको पानीका कारण अस्पताल जलमग्न भएको हो ।

अस्पतालको गाइनो वार्ड, लेबर वार्ड, कर्मचारी बस्ने कोठासहित ग्यालरीलगायत अन्य वार्डहरूमा पानी भरिएको छ । एक घण्टासम्म पानी पर्दा अस्पतालको धेरैजसो वार्डमा पानी भरिएको हो ।

अस्पतालको वार्डमा बिहानै पानी भरिएपछि बिरामीहरूलाई सास्ती भएको छ । नवजात शिशुसहित सुत्केरी राखिएका वार्डमा घुँडासम्म पानी पुगेपछि समस्या भएको कञ्चनपुरको बेलौरी नगरपालिकाका उमेश डगौराले बताए ।

ग्यालरी र झ्यालबाट वर्षाको पानी छिरेर कोठामा आएको बिरामीका कुरुवाहरूले बताएका छन् । यसैगरी, केही कोठामा माथिबाट पानी चुहिएको जनाइएको छ । वर्षाको कारण धनगढीको प्रदेश सभा भवन र सो आसपासका क्षेत्रसहित केही ठाउँमा डुबान भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved