जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो होः सभापति देउवा

नेपालभ्युज

जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो होः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउएका हुन् ।

उनले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढीरहेको र मानिसहरुले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, डेडिकेटेड व्यक्ति छानेर भोट हाल्ने गरेको बताए । उनले जनताले जाति भन्दा पनि देशलाई सहयोग गरिरहेको बताए ।

उनले भने, ‘मुस्लिम दाजुभाईहरुले एक भएर अघि बढे भने मलाई विश्वास छ, अवश्य नै कति साथीहरु चुनावमा मज्जाले जितेका छन्  भोलि पनि जित्न सक्छन् । अहिले राम्रो कुरा के छ भने जातको आधारमा भोट हाल्ने भन्दा पनि व्यक्तिको आधारमा भोट हाल्ने चलन छ । अहिले मान्छेले बुझेका छन् ।’

उनले  हिजो अस्ति जातको कुरा भएपनि अब सबै हटिसकेको बताए ।  जो विज्ञ छ, सेवा गर्छ,सहयोग, काम गर्छ, डेडिकेटेड छ, त्यसलाई भोट हाल्ने पद्धति बढेको उनको भनाई थियो । सभापति देउवाले पार्टीले धेरै कुरा गर्न नसकेको भएपनि मुस्लिम धर्मावलम्वीहरुका लागि समानुपातिक समावेशी हिसावले आरक्षण गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved