आइएमई मार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने सेवा सुरु

नेपालभ्युज

आइएमई मार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने सेवा सुरु

काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई मार्फत विदेशमा रहेका नेपालीहरूले आफ्नो सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ ।

विदेशमा रहेका नेपालीहरूले विदेशस्थित आइएमई रेमिटेन्स पार्टनर मार्फत सजिलै यो सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । यो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोषलाई रेमिटेन्स प्लेटफर्ममा एकीकृत गर्न आइएमई पहिलो रेमिटेन्स कम्पनी बनेको छ ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले यो सुविधा मार्फत विदेशमा रहेका नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताएका छन् ।

वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशी स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत आइएमईको सेवाले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved